आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा पत्रकारहरुको चुनावी रापले तताएको छ । अहिले देशैभरी प्यानगत रुपमा पत्रकारहरु चुनावी मैदानमा होमिएका छन् । यसै क्रममा प्रेस युनियन–प्रेस चौतारीको संयुक्त प्यानलमा गण्डकीमा उम्मेदवारी खडा गरिएको छ ।
गण्डकी प्रदेश अन्तर्गत प्रेस युनियन–प्रेस चौतारीको संयुक्त प्यानलको जमुना वर्षा शर्माले महासचिवमा उम्मेदवारी दिनुभएको छ। उहाँले भन्नुभयो, समावेशी, व्यावसायिक, र जिम्मेवार नेतृत्वको चयनका लागि गण्डकी प्रदेका पत्रकार समक्ष भोटको साथ सहयोगको अपेक्षा गरेकी छन्। उनले आफूलाई मात्र नभएर केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्मको प्रेस युनियन–प्रेस चौतारीको संयुक्त टिमलाई मत दिएर जिताउन आग्रह समेत गरेकी छन् । उनले अगाडी भनिन्, तपाईंको अमूल्य भोटले हाम्रो प्रदेशमा पत्रकारिताको हक, हित र स्थायित्वलाई अझ सुदृढ बनाउनेछ। हामी सबैको प्रयास र सहकार्यले मात्र सबल पत्रकारिता र समावेशी नेतृत्व स्थापित गर्न सकिन्छ। आफ्नो अधिकार प्रयोग गरेर सही नेतृत्व चयन गर्न सबै पत्रकार मतदाताहरुसँग आग्रह समेत गरेकी छन् ।