टिचिङमा उपचाररत एक जना पुरुषको कोरोना संक्रमण बाट मृत्यु

२१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोरोनाभाइरसको संक्रमित उपचाररत दोलखाका एक पुरूषको उपचारको क्रममा आज मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोलखा भिमेश्वर नगरपालिका २ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो ।