कर तिर्नुपर्ने म्याद जेठ २७ बाट बढाएर असार ७ सम्म तोकियो

२१ जेठ, काठमाडौं । लकडाउनका कारण करदाताहरु घरमै बन्दाबन्दीमा रहेको बेला त्यसको कुनै विकल्प नदिएरै यसअघि सरकारले कदर बुझाउने म्याद जेठ २७ गतेसम्मलाई तोकिएको भएपनि पुन आज आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
विभागले हिजो मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले आज बुधबार फेरी नयां सूचना निकालेर कर तिर्ने समय बढाएको छ ।