Breaking News

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

३ कात्तिक, काठमाडौं । ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ ।

शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए ।

बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।