Breaking News

रवि लामिछाने रिहाइको पक्षमा काठमाडौमा रास्वपाको प्रदर्शन

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा फौजदारी अपराधिमा हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आज काठमाडौमा रास्वपाले बिशाल जुलुस प्रदर्शन गरेको छ । रास्वपाका नेताहरुले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भनिरहेका छन् । पार्टीको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले सरकारले रबि लामेछानेलाई पक्रायको विरोध गरेका थिए । केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै यस्तो कदमले जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका थिए ।

प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका समेत गरेका छन् ।