जेठ २ गते जारी गरिएका निलो रंगका पास लकडाउनभरी कामय

२० जेठ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अव नवीकरण गर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले आज मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो ।

त्यस्तै काठमाडौ प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अब भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

त्यस्तै सवारी पासका लागि कार्यलय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यहि जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन र पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।