Breaking News

सौराइलाग्या भनिअल्नु बिपना काहोली

“नियात्रा”

हामी फर्किने बेला उनका निश्चल र बिस्फारित आँखा भूइंतिर सोझिएका थिए । टुल माथिको बसाईं कुनै गम्भीर चिन्ताले पिरोलिरहेको जस्तो देखिन्थ्यो । जूनझै प्रदिप्त चेहरा पुरै नियास्रोले छोपिरहेको थियो । रातभरि आँखा झिमिक्क नगरेको तिलानदी एकाएक गतिहीन भएर बग्न थाल्यो । नदी पारिपट्टिको सल्लाघारी हामिलाई एकोहोरो हेर्न थाल्यो ।

सायद त्यो सल्लेरी पाखाले हामिलाई बिदाई गर्न मानिरहेको थिएन ।

भरतले राहतको प्याकेज ( चामलको बोरा ) पाँखा गाउँका अक्कल मल्ललाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा बिदाई हुन्छौं हामी । महिन्द्रा जीपले घच्याक्क ब्रेक लगायो । ड्राइभर दीपक परियारले ईशारा गरे हामिलाई “सर ढिलो भैसक्यो ।“ बिर्तामोडलाई बायाँ पारेर अगाडि बढ्यौं । यही ठाउँमा केही बर्ष पहिले बस दुर्घटना हुँदा तीन दर्जन बढी मान्छेले ज्यान गुमाएका थिए । यस्तो अलच्छिन ठाउँमा यस्ता लच्छिनका परिवार कसरी कुटुरो बनाएर किन बसेहोलान ! मनमनै सोचे मैले ।

जर्मा सिंहसङ्ग जान्छु त भने तर पाइतला उचाल्न कठिन भैरहेको थियो । उनका श्रीमान हामीसङ्गै मान्मसम्म जाने भएकाले उनलाई बाइ भन्नू परेन । सिधै सुर्खेतका लागी जीप हुइकिन्छ हाम्रो अब ।

बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नेपाललाई पनि अछुतो राखेन । यस्तो संकटको बेला आफ्ना मान्छेहरुको चिन्ता गर्नु र उनिहरुलाई सकेको सेवा गर्नु एक सचेत नागरिकको लागि अन्यथा होइन । समाजसेवामा ख्याति कमाएका र नाम अनुसार काम पनि गर्दै आएका जाजरकोटका पूर्ब सभासद काँङ्ग्रेस नेता राजीवविक्रम शाहलाई एक भेटमा मैले भनेको थिएँ (माननीयज्यू तपाई कर्णाली प्रदेशको मान्छे नेतापनी, माननीय पनि, अब्बल समाजसेवा पनि गरिरहनु भएको छ यस्तो महासङकटको परिस्थितिमा कष्टकर जीवन जिउँन बिबस कर्णाली प्रदेशका जनतालाई प्रत्यक्ष सेवा पुग्नेगरी कुनै राहतको प्याकेज लिएर दिन पाए जनता खुशी हुने थिए र तपाई पनि जनताको नजरमा आजिवन धन्यवादको पात्र बन्नुहुने थियो । मेरो एक बाक्यमा उनी कन्भिन्स भए र तुरुन्त मोबाइलमा दाताको खोजीमा अभ्यस्त हुन
थालिहाले ।

एक हप्ताको अथक प्रयासपछि चर्चित उद्धमी स्व. प्रभाकरशमशेर जबराकि छोरी माया राणाले आश्वासन दिएको जानकारी समाजसेवी शाहबाट मलाई प्राप्त भयो । तत्पश्चात्को घनिभूत छलफलपछि हामी खाद्य भन्दा स्वास्थलाई ध्यान दिने निश्कर्षमा पुग्यौ । हाम्रो माग बमोजिम माया राणाले शाहको “कुमारी फाउन्डेसन“ लाई कर्णाली प्रदेशका १० वटा जिल्ला अस्पतालका लागि जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराइन ।

४र५ दिनको निरन्तर प्रयत्नपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पास उपलब्ध गरायो । अनि हामीले सरकारले जारी गरेको लकडाउन नियमलाई उच्चरूपमा पालना गर्दै सुर्खेत जाने निधो र्गयौं । अघिल्लो दिन स्वास्थ्य सामाग्री ट्रकमा पठायौ ।

भोलिपल्ट ०७७ जेठ ७ गते ६ः३५ बजे मन्त्रालयको अनुमति अनुसार राजीवविक्रम शाह, मोतीराज बम, ई.हरेराम दवाडी र भरतबहादुर मल्ल राजीव शाहको ल्याण्डक्रुजर गाडीमा थापाथलिबाट कर्णाली प्रदेशको राजधानी सुर्खेततिर लाग्यौं । पासमा तारा शाहको पनि नाम थियो तर के कारण हो उनी आइनन् काठमाडौमै
बसिन ।

गाडी शाह आफैंले हाके ।

बन्दाबन्दी सम्बन्धि सरकारको कडा आदेशले यात्रामा कतै अबरोध हुन्छकि भित्रभित्रै त्रास पनि थियो । सचेतनाका सुत्रहरु हामिले भरपुर अपनाएका थियौं । सडक खाली भएकोले गाडी फुक्काफाल थियो । गाडिको गति जति तीब्र थियो त्यो भन्दा तीब्र हाम्रो धड्कन दौडिएको थियो । नागढुङ्गामा के पो हुन्छ ! पुलिसको केरकार कस्तो हुने
हो ! यस्तै यस्तै ! तर समाचार मा भनिए भन्दा ठिक उल्टो त्यहाँ कुनै कडाइ भएन । सामान्य चेकजाचपछि अगाडि लाग्यौ । “हुनत पास र स्वास्थ्यको सामान भनेपछि अबस्था खुकुलो पनि हुनसक्छ ।“ त्यहाँदेखि त फिलिली ….।

बाटोभरी राजीव शाहका जवानी अङ्कुराएका उद्यान र डेटिङ स्पटहरुको सुरम्य पिउदै , मस्तसित गफिदै नारायणघाट पुगेको पत्तो नै भएन । नारायणघाटमा रेडियो नेपालका अधिकृत, पत्रकार समीरजङ्ग शाहले खानाको बन्दोबस्त मिलाएका थिए । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र रेडक्रसकर्मी कृष्ण ढकालले चितवन मेडिकल कलेजको क्यान्टिनमा हामिलाई भोजन गराए ।

कोरोनाको डर त थियो तर प्रबन्ध चाहिँ राम्रै मिलाएका थिए । पूर्ब परिचित थियौं हामी, पुनः परिचय रिन्यु र्गयौ । डाइनिङ टेबुलमा नै समग्र राजनीति, पार्टीका आन्तरिक कुरा, कोरोना कहर र बन्दाबन्दिको अपरिहार्यता बारे कटु टिप्पणी पनि गर्न भ्यायौ ।

काठमाडौबाट २ घण्टामा चितवन पुगेका हामी सुर्खेत अपेक्षाकृत छिटो पुगिन्छ भनेर निकै हौसिएका थियौ । दीपक र कृष्णजिसङ्ग खुबै गफिने मुड हुँदाहुँदै लकडाउन फोबियाका कारण छुट्टियौ । अलि भिन्न खालको छु म । मेरा थुप्रै कमजोरीछन् । आफैंलाई बिर्सिदिन्छु कैले । गम्भीर र हल्का चिन्दिन कैलेकाई । तर खै किन हो लोप्रोफाइल प्रोटोकल रुचाउँछु

म । आत्मश्लाघा जीवनको सबैभन्दा निन्दनीय कुरा हो ठान्छु म ।

मेरो सिट अघिल्लो थियो । माननीय शाहकै छेउमा । सिटबेल्ट अनिबार्य बाध्नु पर्ने रहेछ त्यो गाडीमा । बाधेन भने सिग्नल दिइहाल्ने । तर अफसोस म जति पटक झरे उक्लिदा बाध्ने याद गरिन । सिग्नल बज्थ्यो अनि राजीव राजा भन्थे, राजा सिटबेल्ट ।

सुर्खेत सम्मै यो क्रम चल्यो । यो सत्य हो, जीवनकै रोचक कहानी बन्यो यो घटना । किमार्थ मेरो लापरबाही थिएन तरपनि भयो यस्तै । अत्यन्तै बिस्मित छु म ।

नागढुङ्गा कटेपछि केही खुल्ला महसुस त भएको हो तथापि बाटोमा पर्ने अन्य शहरहरुमा कोरोना कहरको नियम अत्यन्त कडा होला । प्रहरी चेकजाँचको हैरानी कहाँकहाँ खेप्नु पर्ने हो बाटोभरी तनावै तनावहोला । तर नवलपरासीको गैंडाकोट देखि बाँके बर्दियाको बबई सम्म चेकजाँच त के प्रहरीको नामोनिशान नै भेटिएन
भन्नुपर्छ । फाट्टफुट्ट भेटिएका चेकपोस्टका प्रहरीहरु बिल्कुल जागरलेस थिए । टाढैबाट संकेत गर्थे “भो पर्दैन जानुहोस ।“

पत्रकार जयसिंह केसी, तरुण नेता लुटबहादुर केसी, काङ्ग्रेस नेता कृष्ण कार्की, भानुभक्त भट्टराई लगायतका साथिहरु हामिलाई खाजा खुवाउन कोहलपुरमा प्रतीक्षारत थिए ।

बाँकेको नरैनापुर गाउँमा एकैदिन ५० भन्दा बढी मान्छे कोरोना सङ्क्रमित देखिएपछि नेपालगन्ज पुरा आतंकित बनेको थियो । बाँकेको ढुङ्गामाटो, रुखबिरुवा, हावापानी,घाममा पनि कोरोना छ कि सन्त्रासले मन अमिलो बनेको थियो ।

प्रतीक्षारत साथीहरूसङ्ग कोहलपुर धिताल पेट्रोलपम्प नजिकै घरमा चिसो पानी र तातो चियाको स्वाद मेट्यौ । नेपालगन्जमा जेठमा त उखापात गर्मि हुनुपर्ने हो तर गर्मीको महसुस त्यति भएन ।

लाग्यो ल “लु“ लाई समेत माथ गर्ने कोरोनाले गर्मि ह्वात्तै घटाएछ । त्यहाँ एक घण्टको बसाइमा साथिहरुका कुरा सुन्दा पार्टीमा टिम छ टिम भित्र पनि उप टिम छ भन्ने अनुभूत गरियो । हुनत यो कोरोना स्थापनाकालदेखि नै पार्टीभित्र मजबुत जरा गाडेर बसेको छ ।

तापनि राजनीति हो चल्छ चलिरहन्छ भनेर उति वास्ता गरिन मैले ।

कोहलपुर पुग्दा त्यस्तै साढे चार पाँच बजेको हुँदो हो । त्यहाँबाट बिदा भयौ । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा पुलिसको चहलपहल राम्रै देखियो । थर्मलगनले हाम्रो तापक्रम नापियो सबैको नर्मल थियो । गाडीमा स्प्रे गरे पुलिसले । गाडीमा सेनिटाइजर छर्कने सल्यानी हवल्दारसङ्ग सामुहिक फोटो खिच्यौ । उनको खटनपटन हेर्दा प्रहरी उनी मात्रहुन उनले मात्रै कर्तव्य पालना गरेकाछन् भन्ने लाग्यो । नाम थाहा भएन थर केसि हो उनको स्यालुट हवल्दारसाप ।

सुर्खेतमा कान्तिपुर पब्लिकेसन्सका कर्णाली ब्यूरो प्रमुख चर्चित पत्रकार भाइ कलेन्द्र सेजुवालले हामिलाई भ्यालिभ्यू होटलमा खाने र सिटिभ्यू होटलमा बस्ने ब्यबस्था गरेका थिए । अर्का पत्रकार पूर्ण अधिकारीले सशरीर उपस्थित भएर सघाए हामिलाई । त्यो रात एक्लै सुते म भरत गाएव..

जेठ ८ गते ३ बजेतिर जिल्ला अस्पतालको सामान लिएर कालिकोट हिड्यौ हामी चारजना मोतीराज बम, भरतबहादुर मल्ल, सिर्जन शाही र प्रकाश शाही जुम्लाको साथी । पासको ब्यबस्था प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले गरिदिए । सुर्खेत स्पताललाई ७० लाख बढीको स्वास्थ्य सामाग्री दाता आफैले हस्तान्तरण गर्नु पर्ने भएकोले शाहको टोलि सुर्खेतमै बस्यो । अन्तर्राष्ट्रिय कुक (पकुवान) मनराज शाहीले जिब्रोमै टास्सिने गरि बनाइदिएको बाटोको खाना छाक्मिस्या ( गहुँ र कोदोको पिठो मिसाएको) रोटि र आलुको अचार सियाकोटको पान्धारामा खादा सित्ती मिठो त भएन । जयहोस मनराज शाहीको ।

सुवाछेडामा २४ किलो काँक्रा किने सिर्जनले । बुढिमाउको सोमत प्रसंशायोज्ञ थियो । बाटोभरी पुलिसलाई सेनिटाइजर र मास्क बाढ्दै हासिमजाक गर्दै राती १२ बजे कालिकोट मान्म पुग्यौं । काङ्ग्रेस नेता नन्द शाही (घमान) र धर्मा शाही हाम्रो आगमन पर्खिरहेका थिए । लोकल पाब्णोसङ्ग लोकल भात यस्तरी लागेछ एकैचोटि ९ बजे आँखा खुले ।

जेठ ९ गते अलि चाडै सुर्खेतमा दाता राजीव शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गरेको समाचार बज्यो हामी पनि हतारियौ । किनकी हामीले ल्याएको जीप नै जाजरकोट जाने कुरा थियो । १ बजे तय भयो कार्यक्रम । जिल्लामा उपलब्ध पार्टीका साथिहरुलाई खबर गरे । साथी भरत र म जिल्ला अस्पताल पुग्यौं । पार्टीका साथीहरू दमन शाही यसोधा शाही, नन्द शाही, खड्गजङ्ग शाही, कुर्मराज बम, सबिन बिष्ट, जगतजङ्ग बिष्ट , हरिश बोगटी र पत्रकारहरु भरतराज बिष्ट, पुष्पराज भट्टराई, पहाडी खडानन्द अधिकारी लगायत थिए ।

मैले पनि मेरो पहलमा उपलब्ध भएको राजीव शाहको लगानी त्यही दिन कालिकोट जिल्ला अस्पताल प्रमुख डा. भिष्मप्रसाद पोखरेललाई सामुहिक रुपमा हस्तान्तरण
गरे । उक्त हस्तान्तरण कार्यक्रममा डा.नहकुल शाही , जिल्ला जनस्वास्थ्य प्रमुख कटकबहादुर महत लगायत अन्य डाक्टर र कर्मचारी पनि उपस्थित थिए ।

कोरोना बिरामीको लागी ५० शैय्याको अस्पताल बन्दैरहेछ कालिकोटमा । बेड एउटा पनि रहेनछ । ५ वटा बेड दिएपछि औधी प्रसन्न भए डाक्टर, जिस्वाका प्रमुख र कर्मचारीहरु ।

४५ बेडको खाँचो अझै छ यस्ता सहयोगी हातहरु अझै उदात्त भएर फैलिउन जिस्वाका प्रमुख कटकबहादुर महत दातालाई हौस्याउदै थिए ।

मलाई ४ लाख बराबरको सामान जिल्ला अस्पताललाई दिएको खुशी भन्दापनी कालिकोटकै नागरिक अस्पताल प्रमुख, जिस्वाका प्रमुख र डाक्टर भएको देख्दा गर्वले छाती गमक्क भयो मेरो । धन्न झरेनन हर्षका आँसु । स्यावास भने उनिहरुलाई । तर ज्यानको बाजि थापेर खटिएका ती स्वास्थ्यकर्मिलाई जनप्रतिधिबाट कुनै सहानुभूतिसम्म प्राप्त नभएको देख्दा निकै दुस्ख लाग्यो ।

बेरोजगार नेताको त कुरै छोडौ । तपाईंको रक्षा भगवानले गर्छ्न तर आख्ला नमार्नुहोला मेरो स्यालुट र समर्थन छ ।

त्यहाँ मैले सामान प्रोभाइट गर्दैगर्दा अस्पतालको कुनातिर नाक खुम्च्याउने एउटा महिला कर्मचारी को रौद्र अनुहार देख्दा ज्यादै घृणा लागेर आयो ।

“आरिसको पनि सिमा हुन्छ आरिसले सिमा नाघ्यो भने त्यो बेवारिस हुन्छ“ भन्नेसम्म हेक्का रहेनछ तिनलाई । त्यही साझ भरत र म साबिक पाँखा गाबिसको बिर्तामोड
गयौ ।

खाडाचक्र नपाको वडा नम्बर ८ मा केहि प्याक चामल राहतस्वरूप बाँड्ने योजना थियो हाम्रो ।

नेकपा जिल्लास्तरको उपल्लो दर्जाका नेता चित्रसिंह गाउँलेको चिटिक्क परेको एक्लो घर छ बिर्तामोडमा । त्यो रात त्यै घरमा कटनी भयो ।

“गाउँले“ बहुआयामिक र बहुप्रतिभाशाली ब्यक्तित्वहुन । पत्रकार, कवि, गीतकार, सङ्गीतकार, नेता, उद्घोषक उनका थुप्रै परिचय र बिशेषणछन् । त्यहाँ पुग्दा त अर्कै चमत्कार भेटियो । उनी मात्र होइन सिङ्गो परिवारमा नै विलक्षण प्रतिभा रहेछ ।

तिलानदीको असला माछाको खिरिलो झोलसङ्ग चिल्या गहुँका रोटिले बिछट्ट मिठ्याएको मुख कोदोको र्ठराले चरक्क घाँटी चिर्दा एकछिन त ठुसुक्कै मन र्मयो । धन्न टाउको भलक भलक भल्केन । जे होस खाना मस्तले खाइयो । हातमुख चुटेर सुत्ने बेला “ गाउँले“ जि त जुँघा मुसार्दै भन्न थाले, आज दोहोरी खेल्ने ?

को सङ्ग ? म अन्यमनस्क हुन्छु ।

छोरी बिपना सङ्ग नि ।

जवाफ सहज आउँछ म छक्क पर्छु !

र्ठराले ठस्ठस्ती गन्हाउदै भरत उफ्रिन थाल्यो । “ओके गूड् भिनाजु आज बमको पाता कस्छन मेरि भान्जी“ कान फालेर सुन्न तम्तयार भैहाले अक्कल मल्ल । आमा जर्मा सिंह झन हौस्याउन थालिन् छोरिलाई । एक्कासी गज्जब ढंगले माहोल मोहक बनेर आयो घरमा ।

भाका “ताल्मोरा“ फाइनल भयो । हामी जम्यौ दोहोरिमा । ताल्मोराबाट शुरु भएको दोहोरी “राइझुमा“ मा पुग्दा निकै उत्कर्षमा पुग्यो । सवालजवाफमा बिछट्ट सिपालु रहिछन् बिपना । कला र गला उत्तिकै बेजोड , दमदार प्रस्तुति , ओजपूर्ण शब्द, रचना ,उठान र बिसानको तादात्म्यता पनि सारै लोभलाग्दो । गाउँमा गाउँलेको घर महफिल बन्यो त्यो रात ।

गाउँकै बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिपना सिंह प्रखर कला अदभूत क्षमता भएकी एक प्रतिभावान चेलिहुन । आमा जर्मा भन्दै थिइन् यो त भविष्यमा कि गायक , कि अधिबक्ता, कि राजनीतिज्ञ बन्छु भन्छ । कुरो मनासिब लाग्यो । यत्तिको उमेरमा पोइल गएर बुहार्तन सम्हाल्नु पर्ने समाजमा यिनको लक्ष्यले सदियौ देखि समाजमा जकडिएको समानता अन्त्यको सपना कुनै चानचुने लागेन मलाई ।

हरियो रङको स्नेहजडित गाउँलेको घरमा अर्को एकदिन बसौ भन्ने त लागेको हो । तर देशको विषम परिस्थिति र कोरोना कहरका कारण तुरुन्त काठमाडौ फर्किहाल्नु पर्ने भएकोले फर्किनै पर्ने भो । उनी त्यही थिइन् भौतिक शरीर त्यही थियो उनको सुमधुर आवाज साथमा लिएर हिंडे म ।

कति छिट्टै सौराइ लाग्यो उनको । सुर्खेत पुग्ने बित्तिकै मेरा दुइटै कानमा त्यही सुरिलो आवाज र गीतको अन्तरा बज्न थाल्यो

सिजा राज्य चलायाका मल्लहुन मावली
सौराइलाग्या भनिअल्नु बिपना काहोली

लेखक : नेपाली काँग्रेस महासमिति सदस्य तथा लेखक संघका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

लेखक : मोतीराज बम