Breaking News

वायुसेवा कम्पनीहरूले अबको तीन दिनसम्म सस्तो मूल्यमै टिकट दिने

आन्तरिकतर्फ उडान गरिरहेका वायुसेवा कम्पनीहरूले अबको तीन दिनसम्म सस्तो मूल्यमै टिकट दिने भएका छन्।

वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि बुधबारसम्म अधिकतम मूल्यका टिकट नबेच्ने निर्णय गरेको हो। यससँगै अब सबै एयरलाइन्सहरूले यात्रुलाई सस्तो मूल्यका टिकट दिने भएका हुन्।

देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले बताए।

‘जहाजको जति अकुपेन्सी हुन्छ त्यसको ७० प्रतिशत लोअर लिमिटमा बेच्छौं। यो भरिएपछि १५ प्रतिशत मिडल र यो पनि भरिएपछि १५ प्रतिशत अपर लिमिटमा बेच्ने गरेका छौं,’ उनले भने, ‘अहिलेको लागि अपर लिमिटमा नबेच्ने र सबै टिकट लोवर लिमिटमै बेच्ने गरी निर्णय गरिएको छ।’

यसका साथै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले विज्ञप्तीमार्फत आग्रह गरेको

त्यस्तै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्क लगातका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।