Breaking News

झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक दुईतर्फ रूपमा सञ्चालनमा

काठमाडौँ । लगातार आएको पानीसँगै धादिङ धुनिबेसी ९ स्थित झ्याप्ले खोलाको खसेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएसँगै सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको छ । साँझ साढे ७ बजेदेखि सडक खुला भएको हो । पहिरो खसेपछि शनिबारदेखि उक्त सडक अवरुद्ध थियो ।

सो पहिरोमा गाडीहरू पुरिएका थिए । ती गाडीबाट उद्धारकर्ताहरूले ३५ जनाको शव निकालेका थिए ।

पहिरोमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । यस्तै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा१प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरेको हो ।