Breaking News

झ्याप्ले खोलको पहिरोमा पुरिएका तीन वटा गाडीबाट ३५ जनाको शव निकालियो

काठमाडौं । शुक्रबारबाट लगातार आएको बर्षाले देशैभरमा बाढी र पहिरो धेरै मात्रामा धनजनको क्षति हुुनुका साथै यातायात आवातजावतमा कठिनाई भएको छ । काठमाडौ भित्रीने प्रमुख नाका नागढुंगाको तलतिर झ्याप्ले खोला छ त्यही खोलाको माथितिर रुख सहितको पाखो भिरबाट पहिरो काठमाडौ भित्रिरहेका सवारी साधनमाथि खस्दा केही सवारी साधन सोही पहिरोमा पुरिएका छन् । प्रहरीले स्रोतका अनुसार आज अपरान्हसम्म ३५ जनाको शव पहिरो खोतलेर निकालेको बताएको छ ।

३ वटा गाडी पहिरोबाट बाहिर निकाल्दा त्यहाँ ३५ वटा शव भेटिएका हुन् ।

दलदल परेको हिलोबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव निकालेका छन् । प्रहरीले शव निकाल्नुका साथै सर्वसाधारणलाई सडक वारपार पनि गराएको थियो। सुरक्षाकर्मीले धेरै सर्वसाधारणलाई नागढुंगा सुरुङमार्गबाट काठमाडौं छिराएको छ ।