Breaking News

दुर्गा प्रसाई प्रक्राउ : ३ दिन हिरासतमा राख्न अनुमति

६ असोज, काठमाडौं । दुर्गा प्रसाईंलाई आज प्रहरीले प्रक्राउ गरेको छ । उनलाई विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका गरेको हो । उनलाई आजै अदालतले ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले आजदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।

ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।

प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।