Breaking News

बालसेनाको सरोकार उपेक्षा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

२४ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई कानून संशोधनका क्रममा बालसेनाको सरोकार उपेक्षा गरिएको भन्दै पूर्वलडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता  गरिएको छ ।

द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भिर मानव अधिकार उल्लंघनको परिभाषबाट हटाएको भन्दै त्यसलाई समावेश गर्न माग गरेका हुन् ।

विष्टले बालसेनामा भर्ती गर्ने काममा संलग्नहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने भएकाले कानूनमा त्यससम्बन्धी व्यवस्था समावेश हुनुपर्ने माग गरेका छन् ।

उनले १० वर्षे द्वन्द्वकालका बालसेनाको माग र सवाल सम्बोधन हुनुपर्ने भनी यसअघि नै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले उनको रिट निवेदन सुनुवाईका लागि ३० भदौं का लागि पेशी तोकेको छ ।