Breaking News

पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनाम

२४ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आज एक विज्ञाप्ति निकाल्दै पदबाट राजीनामा दिएका छन् । अध्यक्ष पोखरेलले महासंघ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

महासंघको निर्वाचन दुई–दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् । ‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस भएन त्यसैले महासंघको अध्यक्षका हैसियतले महासंघमा भएका सबै कमजोरी र समस्याको जस लिर्दै आजकै मितिबाट राजीनामा दिएको पत्रमा लेखेका छन् ।

अध्यक्ष पोखरेलले पत्रमा सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको, ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु भनेका छन् । उनले पत्रमा मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन । त्यसैले म यस्तो अवस्थामा पदमा बसिरहन उचित नहुने भएकाले राजीनामा दिएको बताएका छन् ।