२४ कर्मचारी सहित १३ जना सिडियोको सरुवा

१९ जेठ, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको सिडिओ रहेका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्याल्य डोटीका सिडिओ रहेका टेकनारायाण पौडेललाई अध्यागम विभागमा सरुवा गरिएको छ । डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई सहायक सिडिओको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको छ ।

सरुवा,काज र पदस्थपना भएकाहरुको नामावली यस प्रकार छ :