लकडाउन अगाबै लिखित परीक्षा पास भई अन्तरर्वाता रोकिएका सह-सचिव वा सो सरहका पदहरुको अन्तरवार्ता मिति तोकियो

१९ जेठ, काठमाडौं । कारोना लकडाउन आगाडी नै परीक्षा सम्पन्न भई लिखित नजिता आएका तर अन्तरवार्ता रोकिएका पदहरुहरुको लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ताको मिति तोकेको छ ।

गत ११ चैत्रदेखि लागू गरी हालसम्म जारी लकडाउनका कारण स्थगित हुँदै आएको सहसचिव वा सो सरहको अन्तर्वार्ता कार्यतालिका आयोगले आज सार्वजानिक गरेको हो ।

लोकसेवा आयोगको आज बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार विज्ञापन नम्बर १६६५३–०७६(०७७ (आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४–०७६(०७७ (आ.प्र.) नेपाल लेखा परीक्षण सेवा, १६६५५–०७६–०७७ (खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१–०७६(०७७ (आ.प्र.) नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ ।

कार्य तालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।