नर्भिक अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलामा कोरोना पृष्टि थप उपचारका लागि पाटन अस्पतालमा रिफर

१९ जेठ, काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो । सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको थियो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन,आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।

आइसोलेसन कक्ष अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनमा खटिने विशेष टिम भएकाले अस्पतालको अरु सेवामा अप्ठेरो नपर्ने उनले जानकारी दिएका छन् ।