१७ भदौ, पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन् । उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए ।
मन्त्री मनाङेले मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएका छन् । वन मन्त्रालयका सचिवसमेत छलफलमै रहेको जानकारी दिए ।