Breaking News

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ घरको वालमा कालो ब्यानर

काठमाडौँ । नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ । बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हो ।

ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ । त्यसको तल ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने स्रोत के हो ? २०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसङ्घर्ष’ लेखिएको छ ।