१७ भदौ, काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।
२३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।