रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी गरी थप ९ जनामा कोरोना भाइरस भएको पुष्टि

१९ जेठ, रुपन्देही । कोरोना भाइरसका संक्रमित थपिने क्रम आज थप रुपन्देही, पाल्पा, गुल्मी र नवलवरासीमा पुष्टि भएको बताइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्रदेश ५ को पहाडी जिल्ला पाल्पाका थप दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यसअघि आइतबार पाल्पाका तीन जनामा पहिलोपटक कारोना संक्रमण पुष्टि भएको थियो ।

सोमबारको रिपोर्टसंगै पाल्पामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

आइतबारका तीन जनामध्ये दुईजना रैनादेवी छहरा गाउँपालिकास्थित नमूना मावि क्वारेन्टिनमा रहेका र एकजना माथागढी गाउँपालिकाका हुन् । तीनैजना भारतबाट आएर आआफ्ना पालिकाको क्वारेन्टिनमा बसेका थिए ।

आज थपिएका नयाँ संक्रमितमध्ये रुपन्देहीका दुईजना, गुल्मीका एक जना र नवलपरासी पश्चिमका एकजना रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिएका छन् ।