पछिल्लो २४ घन्टामा २२६ जनामा कोरोना संक्रमित थपिदा नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ

१९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।