बद्री र पेस्तोलमै श्रीमतीसँग टिकटक बनाएका सई लुभु प्रहरी प्रभागको इन्चार्जको जिम्मेवारी

१९ जेठ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नै श्रीमतीसँग प्रहरीको बद्री मै टिकटकबाट भाइरल भएका प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई महानगरीय प्रहरी परिसर ललितपुरले कारवाही गर्नुको सट्टा हिजो आइतबार महानगरीय प्रहरी लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ ।

गत शनिबार लुभुका इन्चार्ज रहेका सई टेकबहादुर माझीको मृत्यु भएपछि परिसरले थापालाई सो स्थानमा पठाएको हो ।

महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज रहँदा सई थापाले प्रहरी बर्दीमा पस्तोल देखाएर श्रीमतीसँग टिकटक बनाएका थिए ।

फागुनको दोस्रो साता सई थापाको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल लिइ खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सुडालमा कार्यरत रहेका बेला प्रहरी पोशाकमै श्रीमतीसँग ‘टिकटक’ बनाएको आरोपमा उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो ।

त्यसअछि उनी चैतमामा ललितपुर परिसरमा हाजिर भएका थिए । तर, फेरि तिनै विवादित प्रहरी कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

थापालाई लुभुको इन्चार्ज दिएसँगै ललितपुर परिसरमा कार्यरत एक प्रहरीले भने, ‘टिकटकमा हिट सर इन्चार्ज हुनुभयो, अब त्यता पनि हिट हुनुहुनेछ ।