निष्पक्ष छानबिनका लागि दलित सांसदको नेत्वमा छानबिन समिति बनाइओस्

सांसद , मानबाहादुर बिश्वकर्मा

१९ जेठ, काठमाडौं । जेठ १० गते रुमुप पश्चिममा भएको नरसंहार घटनाका बारेमा निष्पक्ष छानबीन गर्नका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् ।

दुई साताअघि चौजहारीस्थित आफ्नी प्रेमीकाको घर पुगेका जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो ।

गाउँहरूको आक्रमणबाट पाँच जनाको मृत्यु र एक जना अझै बेपत्ता रहेको भन्दै उक्त अमानवीय घटनाको छानविन गर्न कांग्रेसले दलित सांसदको नेतृत्वमा समिति बनाउनुपर्ने बताएको हो ।

आज सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सांसद मानबहादुर विश्वकर्मा उठेर बोलेका थिए ।

‘गृहमन्त्रीले उनीहरू भेरीमा हामफाले भन्नुभएको छ । तर पोस्टमार्टम गर्दा मृतकका पेटमा पानी आएको छैन । मान्छे हामफालेपछि पहिले पानी पिउँछ । तर पेटमा पानी नआउनुको कारण मारेर फालिएको थियो,’ उनले भने ।

गृहमन्त्रालयले कर्मचारीको नेतृत्वमा बनाएको छानविन समितिले न्याय दिन नसक्ने उनले बताए । गृहले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

‘उक्त घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस्,’ उनले भने, ‘गठन भएन भने यो भन्दा कडा कदम चाल्न बाध्य नपारियोस् ।