नेपाली युवालाई उत्पादन मुखी कामको सिर्जना गरि नेपालमै स्वरोजगार बनाउन परिषद चुक्ने छैन

कार्यकारी उपाध्यक्ष , माधव ढुङ्गेल

१९ जेठ, काठमाडौं । गएको फागुन १८ गतेबाट कार्यकाल समाप्त भई नेतृत्व विहिन भएको राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा पुनः माधब ढुङ्गेललाई नियुक्त गरिएको
छ । युवा तथा खेलकुद मन्त्रालयको सचिव स्तरिय समितीको सिफारिसमा गत जेठ १२ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषदको बैठकबाट राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा निर्वतमान उपाध्क्ष माधब ढुङ्गेललाई नियुक्त गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा, नव नियुक्त उपाध्षलाई खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

परिषद स्थापनाकाल देखि नै नेतृत्व सम्हाल्दै आउनु भएका ढुङ्गेलको चार वर्षे कार्यकाल परिषदको नेतृत्व गरिसकेका छन् । “राष्ट्रिय युवा परिषद ऐन २०७२“ बमोजिम े बसेको मन्त्री परिषदको बैठकबाट परिषदमा पुनः ढुङ्गेल लाई नै कार्यकारी उपाध्यक्षको जिम्मेवारीमा नियुक्ति गरेको हो ।

मन्त्रालयमा एक समारोहको बीच पद तथा गोपनियताको सपथ ग्रहण गराउनु हुँदै युवा तथा खेलकुद मन्त्री जगत ब.सुनार (विश्वकर्मा) ले नव नियुक्त उपाध्यक्षलाई बधाई तथा शुभकामना दिनु भएको छ । शुभकामना दिँदै मन्त्री सुनार भने, ‘राष्ट्रिय युवा परिषदले पुनः अनुभवी र प्रखर नेतृत्व पाएको छ । युवा आन्दोलनको गर्विलो इतिहासलाई स्मरण गर्दै त्यही युवा आन्दोलनकै उपजको रुपमा युवाका मुद्दाहरुलाई दरिलो ढङ्गले उठान गर्न स्थापना भएको परिषदमा उहीँ व्यक्तिको नेतृत्व रहँदा परिषद अझै बलियो भई सबै युवाको पहुँच र अभिभावकिय भुमिकामा रहने विश्वास छ ।

नवनियुक्त कार्यकारी उपाध्यक्षले शपथ ग्रहण पछि शुक्रबार नै आफ्नो कार्यलयमा पद बहाली गर्नु भएको छ । बितेका चार वर्षमा खुल्ला चौर बाट सुरु गरेको परिषद वर्तमान सम्म आइपुग्दा आफ्नै भवन, कर्मचारीको तालमेल, लाखौं युवाहरुलाई उद्धमशिलतामा प्रेरित, युवालाई स्वयंसेवकिय कार्यमा प्रेरित गरि युवालाई आफ्नो जिम्मेवारी र माटो चिनाउने अभियान लाई सार्थक बनाउन सकारात्मक बाटो तय भएको उपाध्यक्ष ढुङ्गेलले बताए ।

पद बहाली गर्दै गर्दाको पहिलो दिन अब उप्रान्त परिषदको कार्यलयमा सम्भावना भए सम्म कुनै पनि किसिमको विदेशी सामान प्रयोग र खरिद नगर्ने अठोट ढुङ्गेलले गरेका छन् । जसबाट आम नेपाली युवालाई स्वदेशी सामान उत्पादन र प्रयोगमा प्रोत्साहन र उत्प्रेरित हुने ढुङ्गेलको दाबी छ । उपलब्ध स्रोत र साधनको प्रयोग बाटै उल्लेख नतिजा दिन सदैव आँट गर्ने र नेपाली युवालाई स्वदेशमै रोजगारी र उद्धमी बनाइ देशको माटो सङ खेल्न उत्प्रेरित गर्ने उनले बताए ।

उक्त अवसरमा नवनियुक्त उपाध्यक्ष ढुङ्गेलले आफुलाई विश्वास गरि नेपाल सरकारले दिएको जिम्मेवारी प्रती आभार प्रकट गर्दै ढुङ्गेलले भन्नू भयो, ‘वर्तमान समयको बढ्दो बेरोजगारी र बिदेशबाट नेपाल आउने समग्र नेपाली युवालाई उत्पादन मुखी कामको सिर्जना गरि अबको दिनमा नेपालमै स्वरोजगार बनाउन परिषद कहिले पनि चुक्ने छैन ।