बलिउडका चर्चित संगीतकार तथा गायक वाजिद खानको मृत्यु

१९ जेठ, काठमाडौं । बलिउडका चर्चित संगीतकार, निर्देशक तथा गायक वाजिद खानको ४२ वर्षको उमेरमा आज सोमबार बिहान निधन भएको छ ।

यो समाार इण्डिया टुडेले प्रकाशन गरेको छ ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए ।

’उनका धेरैवटा समस्या थियो । किड्नीको समस्या थियो, केही महिना अगाडिमात्र त्यसको प्रत्यारोपण भएको थियो । हालैमात्र उहाँले मृगौलामा संक्रमण भएको थाहा पाउनुभएको थियो । अवस्था बिग्रदैं गएपछि विगत ४ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो ।

केही दिन अगाडि उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

’साजिद–वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी मृगौला सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । उनले केही महिना अगाडिमात्र मृगौला प्रत्यारोपण गरेका थिए ।

साजिद–वाजिदको जोडीले धेरैजसो संगीत सलमान खानका सिनेमाका लागि बनाएका थिए । हालै सलमानले रिलिज गरेको ’भाइइभाइ’ गीतमा समेत वाजिदको सहयोग थियो ।

त्यसयता उनीहरूको जोडीले थुप्रै सिनेमामा सँगै काम गरेको थियो । ’तेरे नाम’, ’तुमको ना भूल पाएगें’, ’पार्टनर’ र ’दंबङस फ्रान्चाइज उनीहरूले सँगै काम गरेका केही चर्चित सिनेमा हुन् ।

संगीतका अलावा वाजिदले सलमानका लागि गीत पनि गाएका छन् ।