Breaking News

कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु

८ भदौ, धनगढी । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो गौरीगंगा नगरपालिका(७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।