Breaking News

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स सुनकोसी नदीमा खस्दा ३ जना बेपत्ता

काठमाडौँ । सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ ।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । जीप अबिन बाकेले चलाएका थिए ।

सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् । कक्षपतिको टाउको र पातामा चोट लागेको छ।