परेवा जोडीको तेस्रो सन्देशमुलक प्रस्तुती लिपुलेक

काठमाडौं, जेठ १८ । सानै उमेरदेखी कलाकारीता क्षेत्रमा रुची राख्ने लोक दोहोरी (देउडा) गायक तथा ठाडी भाकाका पोख्त युवा गायक विजयराज सेजुवाल र उनकी जिवन संगीनी गायीका पदमपुरा सेजुवालले अहिले राष्ट्रियताको प्रमुख इस्यु बनेको भातरद्धारा अतिक्रमित भूमि लिपुलेकका बारेमा एक राष्ट्रभक्ति र राष्ट्रप्रेम युक्त सन्देशमुलक गीत लिपुलेक दर्शक सामू ल्याएका छन् ।

बिद्यालय जिवनदेखि नै कलाकारीता क्षेत्रमा रुची भएका गायक बिजयराजको पहिलो गीती एल्बम परेवा जोडी थियो । सो एल्बमले प्रख्यात मात्रामा बजार लिएको पनि थियो । त्यसपछि पनि उनका धेरै गीती एल्बम आइसकेका छन् । पछिल्लो समयमा आफ्नो व्यक्तिगत मामलामा गुपचुप भएका गायक विजयराज सेजुवाल कोराना भाइरसको लकडाउनभित्रै पुन आफ्नो गायकीलाई निरन्तरता दिने क्रममा उनको यो तेस्रो सन्देश मुलक गीत हो ।

सानै उमेर देखी नै गाउँकै सांस्कृतिक कार्यक्रम, देउडा खेल, स्कुलमा गरिने सांस्कृतिक कार्यक्रम, गाउँमा पर्ने मेला, अन्य सांस्कृतिक कार्यक्रम र जिल्लास्तरीय सांस्कृतिक कार्यक्रममा समेत भाग लिएर स्थान हासिल गर्न सफल गायक बिजयले आफ्नो घरायसी समस्या र पढाईको निरन्तरतासँगै गायकी बिधालाई बढाउदै रहे । जीवनमा आई परेका अनकौं बाधा, अप्ठेरा र कठिनाईलाई साईड लगाउँदै आजको प्रतिस्पर्धा र बदलिदो सांस्कृतिक परिवेशमा पनि आफ्नो गायकी क्षेत्रलाई निरन्तरता दिईरहेका छन् ।

युवा लोकदोहोरी गायक बिजयराज सेजुवालको आगामी दिनको सांस्कृतिक यात्रा सफल, सुनौलो र सुखमय रहोस् हाम्रो यही कामना र भावना
छ ।

भिडियो हेर्नका लागि साईडको लाष्टमा कदर टिभि भित्र जानुहोला ।