२७ साउन, काठमाडौं । ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ ।
विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ३४ पुरुष र २८ महिला थिए ।
थियो ।
उक्त विमान शुक्रबार राति राजधानी साओपाउलोभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिममा रहेको विन्हेडो वस्तीमा दुर्घटना भएको थियो ।
अधिकारीहरुले दुर्घटनाको जाँच सुरु गरिसकेको जनाएका छन् ।