कालीमाटी प्रहरी वृत्तका सबै प्रहरीको कोरोना रिर्पोट नेगेटिभ आजैबाट डियूटीमा खटिए

१८ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका कार्यरत दुई जना प्रहरीलाई कोरोना देखिएपछि त्यहाँ कार्यरत सबै जनालाई कोरोनाको शंकामा क्वारेन्टाइनमा राखिएका थिए तर उनीहरुको सबैको प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो । आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको वृत्तका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए ।

’दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गराएका थियौं,’ डिएसपी कुँवरले भने,’सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कार्यालयका संक्रमित प्रहरीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनीहरू डिस्चार्ज भए पनि तत्काल काममा नफर्किने उनले बताए ।
’उनीहरु ७ दिन होम क्वारेन्टिनमा बसेपछि काममा काकाम फर्कनेछन् ।