Breaking News

काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह बढ्यो तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित रहन आग्रह

काठमाडौं । हिजो राती भारी बर्षाले काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह बढेको छ । बागमती र यसका सहायक नदीहरु हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायतमा जल सतह बढेको हो ।

धोबीखोला, चाबहित र बाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । बाढी पुर्वानुमान महाशाखाले खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने खतरा बढेको भन्दै सडक किनारबाट यात्रा नगर्न र ती क्षेत्रमा बसोबास गर्ने मान्छेहरुलाई बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन समेत महाशाखाको आग्रह गरेको छ।