Breaking News

सौर्य यएरलाईन्स विमान दुर्घटनामा सरकारले छानबिन गर्न जाँचबुझ आयोग गठन

९ साउन, काठमाडौं । आज बिहान दुर्घटना भएको सौर्य यएरलाईन्स विमान दुर्घटनामा सरकारले छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।

आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् ।