Breaking News

सौर्य एयरलाइन्स दुर्घटना १९ जना मध्ये १८ जनाको मृत्यु

काठमाडौँ ।आज बिहान काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा भएको छ ।

विमानमा चालक दलसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

काठमाडौँबाट पोखरा जाँदै गरेको सीआरजे २०० जहाज नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । जहाजमा कम्पनीकै प्राविधिकसहित केही बाहिरका यात्रुहरू समेत सवार थिए । एयरलाइन्सबाट उपलब्ध जानकारी अनुसार १७ जना यात्रुहरूमध्ये एक जना बालकसहित १६ जना पुरुष र एक जना महिला छन् । दुई जना चालक दलमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट सुशान्त कटवाल थिए । जसमध्ये पाइलट शाक्य मात्र जीवित छन् ।

जहाज दुर्घटनामा मृत्यु हुने १८ जना मृतकको विवरण
१.अमितमान महर्जन

२.सागर आचार्य

३.दिलिप बर्मा

४।मनुराज शर्मा

५.आश्विन निरौंला

६.सुदिपलाल जोशी

७.सर्वेश मरासिनी

८.श्याम विन्दुकार

९.नवराज अली

१०.राजाराम आचार्य

११. प्रिजा खतिवडा

१२. धिराज शर्मा ९बालक०

१३. उद्धव पुरी

१४. योग्यप्रसाद पौड्याल

१५. न्तोष महतो

१६.पुण्य रत्न शाही

१७.अरिफ रेडा (यमनी)

१८.सुसान्त कट्वाल (को–पाइलट) रहेका छन् ।

जहाजले बिहान ११ः११ बजेट टेकअफ (उडान) गर्दै थियो । रनवे छोडेको केही सेकेन्डमा नै जहाज अनियन्त्रित भएर जमिनमा बजारिन पुगेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । जहाज दुर्घटनामा परे लगत्तै उद्धारमा खटिए पनि क्याप्टेनबाहेक अरूलाई जीवित उद्धार गर्न नसकिएको त्रिभुवन विमानस्थलका प्रबन्ध निर्देशक जगन्नाथ निरौलाले बताए ।

घाइते क्याप्टेन शाक्यको केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतक १८ जनाको शव पोस्टमार्टमका लागि त्रिचन्द्र शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।