Breaking News

रुकुम पश्चिमको आठबिसकोट भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र टहरा बगाउँदा एक जनाको मृत्यु तीन जना घरभित्रै च्यापिए

१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको बताए ।

‘एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन,’ उनले भने।