Breaking News

अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै सेयर दलालीहरुको ठगीधन्दा शुरु

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी जुनै सार्वजनिक कार्यक्रममा पनि वाणिज्य बैंकहरुमा पैसा थुप्रियो मात्र बताउँछन् । उनको भनाइअनुसार बैंकमा कर्जा माग्न आउने शून्य नै छन् । बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि बैंकमा लोन लिने र तिर्न नै घटेको बताउँछन् । बैंकमाथि चौतर्फी प्रहार भएको वा सहकारीकै अवस्थामा पुगेको उनी स्वीकार्छन् ।
यी दुवै व्यक्तित्व नेपालको बैंकिङ्ग क्षेत्रको लागि महत्त्वपूर्ण हुन् । एक सरकारी पदाधिकारी पनि हुन् त अर्को सम्पूर्ण वाणिज्य बैंकहरुको अध्यक्ष । अनि यीनीहरुले नै यस्तो भनेपछि अहिले बैंक डुबिसकेको प्रष्टै हुन्छ । अहिले बैंकमा कर्जा माग्न जाने र ऋण तिर्ने दुवै घटेका छन् । लघुवित्त, फाइनान्सहरुमा पनि यस्तै छ । यता, हाइड्रोपावरहरु पनि घाटामा गएका छन् ।

अहिले बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच ठप्पै छ । मालपोत र यातायात कार्यालयमा सुनसान छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलिसकेको छ । अब नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री हुने भएका छन् । उनी नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेल हुने बताइएको छ ।
अर्थमन्त्रीमा विष्णु पौडेल हुने चर्चासँगै बजारमा सेयरको मूल्य बढ्ने हल्ला फिजाँइएको छ । जबकी राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र बैंकर्स संघका अध्यक्ष सुनिल केसी नै बैंक पनि सहकारीकै अवस्थामा पुगेको स्वीकारिसकेका
छन् । बैंक घाटामा गइसकेको छ । डिपोजिटवालालाई ब्याज समेत दिन नसक्ने अवस्थामा बैंक पुगेको छ ।

कर्मचारीलाई तलब खुवाउन र राज्यलाई कर तिर्न समेत बैंकलाई धौंधौं परेको छ । तर, बजारमा दलालीहरुले अझै पनि सेयरको मूल्य बढ्छ भनेर आम सर्वसाधारणलाई भ्रममा पारेर फसाइरहेका छन् । सेयरको मूल्य बढ्नलाई त बैंक पनि नाफामा हुने पर्यो नि ! बैंकमा कर्जा लिनेको भीड हुनु पर्यो । घरजग्गा, गाडीको मूल्य बढ्नु पर्यो ।

बजार चलायमान हुनु पर्यो र हाइड्रोपावर, लघुवित्तहरुले नाफा कमाएपछि पो सेयरको मूल्य बढ्छ त । अहिले अटो व्यवसायीहरु भन्छन्, ‘हाम्रो ७० प्रतिशत लगानी डुबिसक्यो ।’ उनीहरुको भनाइअनुसार एक लाखमा किनेको गाडी अब बेच्दा तीस हजार आउँछ । अटो व्यवसायीहरु नै नयाँ र पुरानो दुवै सवारीसाधन किन्ने कोही नभएको बताउँछन् ।

बजारमा अहिले सुनिन्छ कि दुई वर्षअघि तीन करोडमा किनेको घर अहिले ८०÷९० लाखमै बेच्छु भन्दा समेत किन्ने मान्छे छैन । काठमाडौं उपत्यकासहित देशभर घरहरु खाली हुँदै गएका छन् । जताततै ‘कोठा भाडामा’, ‘फ्ल्याट खाली’, ‘टुलेट’, ‘सटर भाडामा’ लगायत लेखिएका पोस्टरहरु देखिन्छन् । व्यापारव्यवसाय पनि ठप्पै भएको छ ।

व्यापारीहरु मन्दीका कारण व्यवसायबाटै पलायन भएका छन् । मुलुकभर रहेका ३५ हजार दुई सय ३९ वटा सहकारी संस्थाले करोडौं बचतकर्ताको ३९ खर्ब रकम झवाम पारेको छ । बजार यस्तो अवस्थामा पुगिसकेको छ । तर, सेयर दलाली तथा माफियाहरु अझै पनि विष्णु पौडेल अर्थमन्त्री भएसँगै सेयरको मूल्य बढ्छ भन्दै सर्वसाधारण फसाइरहेका छन् ।
हिजो बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याउने यीनै दलाली हुन् । अहिले ३२ सय रुपैयाँमा किनेको सेयर सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ । हिजो जग्गा दलालीहरुले रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरेर यसरी नै भ्रम छरी आनाकै लाखदेखि करोडमा बेचिदिए ।
यस्तै, भारतमा एक लाखमा गाडी किनेर ल्याएर नेपालमा पाँच लाखदेखि २५ करोडसम्ममा बेचियो । दलालीहरुको लहैलहैमा लागेर महँगोमा घरजग्गा, गाडी र सेयर किनेका सर्वसाधारणहरु आज चुलुम्मै डुबेका छन् । तीन वर्षअघि काठमाडौंमा एउटा कोठा, सटर वा फ्ल्याट खोज्न छ महिना लाग्थ्यो । त्यत्रो समय खोज्दा पनि नभेटिएपछि दलालीलाई महंगो रकम बुझाएर खोज्नुपथ्र्यो ।

घरधनीहरुले पनि एउटै कोठाको बीस हजारसम्म असुल्थे । एउटा फ्ल्याटको तीस हजारदेखि तीन लाख र एउटा सटरको बीस हजारदेखि १८ लाखसम्म लिइन्थ्यो । खाली सटर त बीस लाखदेखि पचास लाखसम्ममा किनबेच हुन्थ्यो । अहिले ती कोठा, सटर र फ्ल्याट सबै खाली भएका छन् । जताततै टुलेट मात्र देखिन्छन् । सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ ।

आज उनीहरुको लगानी डुबेको छ । सेयर लगानीकर्ता सडक छाप अवस्थामा पुगेका छन् । सरकारसँग पैसा छैन । राजस्व उठ्न छोडेको छ । निर्माण व्यवसायी, दुग्ध कृषकहरु आफ्नो भुक्तानीका लागि कहिले आन्दोलन गर्छन् त कहिले पत्रकार सम्मेलन गरेर रुवाबासी । निर्माण व्यवसायीको ६० अर्ब र दुग्ध किसानको सात अर्ब भुक्तानी बाँकी छ ।

यता, कोरोनाको समयमा बीमा गराएका बीमा कम्पनीहरुको पनि अर्बौ भुक्तानी बाँकी छ । सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसकेको छ । अहिले सरकार सरकारी कर्मचारीलाई समेत तलबभत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगिसकेको छ । यहाँ तलबभत्ता खाने मात्र लाखौं कर्मचारी छन् । त्यस्तै, पेन्सन पनि लाखौं कर्मचारीले बुझ्छन् । ४० लाख मानिस सामाजिक सुरक्षा भत्ता बुझ्छन् । ३६ हजार जनप्रतिनिधिले पनि तलबभत्ता खान्छन् । र, सरकारी सेवासुविधा लिन्छन् ।

करार, ज्यालादारीका कर्मचारी मात्र ६५ हजार रहेका छन् । एकै जना कर्मचारीको मासिक तलब ३२ हजारदेखि लाखभन्दा माथि छ । सामाजिक सुरक्षा भत्ता पनि एकै व्यक्तिले मासिक एक हजारदेखि चार हजारसम्म बुझ्छन् । पेन्सन पदअनुसार २२ हजारदेखि ६५ हजारसम्म खान्छन् । जनप्रतिनिधिहरुले पनि मासिक ५० हजारदेखि तीन लाखसम्म तलबभत्ता खान्छन् ।

सरकारी कर्मचारीलाई सरकारले वार्षिक रुपमा दुईटा पोशाक दिन्छ । त्यस्तै, खाजा अनि गाडी सेवासुविधा छुट्टै छ । अहिले राज्य कंगाल भइसकेको भनेर पनि सबैलाई थाहा छ । बैंक तथा वित्तिय संस्थाहरु पनि डुबिसके भनेर प्रष्टै छ । बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । तर, यो क्षेत्रमा अहिले पूरै मन्दी छ ।

बैंकमा पैसा राख्न सर्वसाधारण डराउन थालेका छन् । निक्षेप राखेका कतिपय बचतकर्ताले पनि बैंकमाथि विश्वास नभएर पैसा निकाल्न लागिरहेका छन् । भाटभटेनीका साहु मिनबहादुर गुरुङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, लालीगुराँसका सुरेन्द्र भण्डारी, शिवशिखरका केदारनाथ शर्मा, कान्तिपुरका सीबी लामालगायतले करोडको धितो राखेर बैंकबाट अर्बौ कर्जा लिएको खबर बाहिरिएका छन् ।

बैंकका अध्यक्ष, सञ्चालकहरुले घुसको आडमा सबै कर्जा घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन्, त्यसमाथि करोडको धितो राखेर अर्बौ कर्जा प्रवाह गरिएको छ । अहिले बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच छैन । अहिले जनता भन्छन्, ‘हिजो प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका ओलीले यो पटक देशै बेच्छन् ।’

नेपाल विद्युत प्राधिकरणले धमाधम बक्यौता नतिर्ने उद्योगीको लाइन काटिरहेको छ । तर, कतिपय उद्योगीहरु डुबिसकेका छन्र् । अनि उनीहरुले कसरी कब्यौता तिर्छन् ? बरु व्यवसायबाटै पलायन हुन्छन् नि । अहिले बजारमा जताततै एउटै चर्चा छ कि विष्णु पौडेल अर्थमन्त्री हुनेबित्तिकै सेयरको मूल्य बढ्छ । तर, यो अफवाह मात्र हो । त्यसैले, अब सर्वसाधारण यस्तो भ्रममा पर्नुहुन्न । हल्लामा हालेर सेयरमा लगानी नगरौं । विष्णु पौडेल न कुनै अर्थविद् हुन् न त कुनै व्यापारी । उनी एमालेको नेता मात्रै हुन् । अनि यस्तो व्यक्ति अर्थमन्त्री हुनासाथ बजार चलायमान हुन्छ र मूल्य बढ्छ भनेर सर्वसाधारण सेयर नकिनौं ।

रुषा थापा