Breaking News

कोपा अमेरिका २०२४ को तेस्रो स्थान उरूग्वेलाई

कोपा अमेरिका २०२४ मा तेस्रो स्थानको लागि आज बिहान भएको खेलमा उरूग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४(३ गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।

क्यानडाका इस्मल कोन र अल्फन्डो डेभिसले पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका थिए।

निर्धारित समय र एक्स्ट्रा समयको खेल २(२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सेमिफाइनलमा उरुग्वेलाई कोलम्बियाले र क्यानडालाई अर्जेन्टिनाले पराजित गरेका थिए।

अब उपाधिका लागि भोलि विहान अर्जेन्टिना र कोलम्बियाबीच खेल हुनेछ।