Breaking News

एमाले अध्‍यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश

२८ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । त्यस लगत्तै नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले एमाले अध्‍यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भन्दैदाबी पेश गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

dabi-1720801968.jpeg