Breaking News

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत गुमाएसँगै प्रधानमन्त्रीबाट पदमुक्त

२८ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आजको प्रतिनिधिसभा बैठकमा विश्ववासकोे मत लिन नसक्दा प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । असार १७ गते एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

प्रतिनिधि सभामा २७५ सांसदमा बहुमतका लागि १३८ मत चाहिन्छ । तर आजको विश्वासकोे मत प्रस्ताजमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र खसेको थियो भने विपक्षमा १९४ मत खसेको थियो । मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।