भरखरै गएको भूकम्प ४.८ रेक्टरस्केलको भएको र यसको केन्द्रबिन्दु धादिङको सुनौला बजार आसपास भएको पुष्टि

१७ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको बेला त्रासमा रहेको समाजलाई अहिले रातीको ९ बजेर ३६ मिनेट जाँदा भुकम्पले झट्काले मानिसलाई हल्लाएको छ । भूकम्पको धक्काका कारण घर भित्र बसेर वा सुतेर रहेका मानिसलाई उठ्न बाध्य बनाएको छ ।

भरखरै गएका भुकम्पको केन्द्रबिन्दु धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरेका छन् ।

यो भूकम्पको धक्का नयाँ नभएर २०७२ साललै पराकम्प भएको बताइएको छ ।