गुल्मीको क्वारेन्टाइनमा बसेका एकजना पुरुषद्धारा घाँटीमा पासो लगाई आत्महत्या

१७ जेठ, पाल्पा । भारतबाट आउने क्रम बढ्दो सँगै नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम पनि दिनप्रतिदिन बढ्दै छन् । यसै क्रममा आज गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेका छन् ।

उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष राजेन्द्रसिंह खड्काले जानकारी दिएका छन् ।

आज शनिवार बिहान भारतबाट आएका परियारलाई गाउँपालिकाले निर्माण गरेको सो क्वारेन्टाइमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनि हिडेका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डिएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताएका छन् । अबेरसम्म खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डिएको अबस्थामा उनी फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष खड्काले बताए । मानसिक सन्तुलन ठिक नभएको भन्न आएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।