मन्त्रीपरिषद्द्धारा कोरोना फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ जेठसम्म लम्ब्याउने निर्णयका साथै यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ ।

विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।