Breaking News

नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश

नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याए ।

इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले पहिले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । जावी सिमोन्सले खेलको सातौं मिनेटमै गोल गर्दै डच टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहेन ।

१८औं मिनेटमा इंग्लयाण्डका कप्तान ह्यारी केनले विवादित पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेदरल्याण्ड्सका डेन्जल डमफ्रिसले केनलाई पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । जसमा केनले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । खेल अतिरिक्त समयतर्फ धकेलिरहेका बेला वैकःपिक खेलाडी वाट्किन्सले निर्णायक गोल गरे ।

८१औं मिनेटमा केनको स्थानमा मैदान प्रवेश गरेका वाटमिन्ट्सले कोल पाल्मरको पासमा गोल गरेका थिए ।