बिहान मृत घोषित गरिएका युवकको दिउँसो कोरोना रिर्पोट पोजेटिभ

१७ जेठ, सुर्खेत । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । तर बिहान उनको मृत्यु भयो भने दिउँसो रिर्पोट पोजेटिभ भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।