Breaking News

पचालझरनामा भित्रीय ढाईसय जना भारतबाट आएकाहरु, विद्यालयमा क्वारेन्टाइनको व्यवस्था

१७ जेठ, पचालझरना, कालिकोट । विश्वभरी कोभिड–१९ को महामारीले जेलिरहेको बेला नेपालमा पनि त्यसको प्रभाव दिनप्रतिदिन बढ्दो क्रममा छ । नेपालमा प्रयाजसो कोरोना संक्रमितको संख्या जति पुष्टि भएका छन् प्रायः भारतबाट नेपाल फर्किएकाहरुमा मात्र बढी देखिएको छ ।

यसै क्रममा कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट भारतमा रोजगारी, मजदु्री, व्यापार, व्यवसाय र अन्य काम बिशेषले गएर लकडाउनका कारण रोकिएका मान्छेहरु जिल्ला फर्कने क्रममा आज कालिकोट जिल्ला पचालझरना गाउँपालिकाको वडा नम्बर–४ स्थित ज्ञानोदय मा.बि. मा करिब ७९ जना आईपुगेको छन् । भरखरै फोन मार्फत् कदर न्यजलाई जानकारी दिर्दै पालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष अनरुप रोकायाका अनुसार रास्कोट नगर पालिकाका ६८ जना, सान्तित्रिवेणी पाालिकाका ७ जना, पचालझरनाका २ जना र खाडाचक्र नगरपालिकाका २ जनागरी ७९ जना आई पुगेको र उनीहरुलाई यस ज्ञानोदय मा.बि. मा बनाइएको क्वारेन्टाइनमा राखिएको बताउनु भएको छ ।

प्रवक्ता रोकायाका अनुसार आजै प्रदेश सरकारले पठाएकाहरुलाई पचालझरना वडा नम्बर –८, बिद्यामन्दीर बयालपाटामा पचालझरनाका १३ जना र रास्कोट नरपालिका र शान्ति त्रिवेणी पालिकाकाका गरी ४८ जना क्वारेन्टाइनमा राखिएको बताउनु भयो । त्यस्तै रोकायाका अनुसार आजै प्रदेश सरकारले भारतबाट आएकाहरुलाई सुर्खेतबाट गाडीबाट १०० जना पालिकाकै–९ वडा कोटिला आईपुग्दै गरेको समेत बताउनु भयो ।

प्रदेश सरकारको निर्णयअनुसार भारतबाट जिल्लामा आएकाहरुलाई नगरपालिकाले ६०० जना र गाउँपालिकाले ५०० जनाको दरले राख्ने व्यवस्था गर्न निर्देशन दिएको समेत रोकायाले बताउनु भयो । त्यस्तै क्वारेन्टाइनमा राखिएकोहरुको खाने व्यवस्था अहिलेलाई पालिकले उधारोमा रासनपानी किनेर खुवाइरहेको समेत बताउनु भयो । उहाँका अनुसार एक कवारेन्टाइनमा ५ जना सुरक्षाकर्मी र एक जना एमबीबीएस स्वास्थ्य चिकित्सक समेत प्रदेश सरकारले खटाइएको बताउनु भयो ।