यतिबेला विश्व मानव जाति कोरोना भाइरसको महामारीको लडाइँमा जुधिरहेको छ । र WHO ले यो लडाई जित्ने उत्तम विकल्प सामाजिक दुरि कायम गर्नुपर्ने भन्दै आइरहेको छ । नेपालमा पनि तिव्ररुपमा संक्रमण फैलिने क्रम जारी छ । यस विषम् परिस्थितिमा समाजमा उशृङ्खल घट्नाक्रमहरु घटिरहेका छन् । यसै क्रममा यहि जेठ १० गते साँझ करिब ६ बजे जाजरकोटका ६ जना युवाहरुको रुकुम पश्चिममा अमानवीय हत्याले स्तब्ध बनाएको छ । यही घटनाको विरुद्ध यतिबेला देशैभरी विरोध कार्यक्रमहरु भइरहेका छन । जातीय बिभेदको पृष्ठभूमिमा गरिएको मानवता बिरोधी जघन्य अपराधले नेपाली समाजको बिक्रित चेहरा अगाडि ल्याएको छ । जातिय बिभेदको सदियौ लामो उत्पिडनका हजारौ शृङ्खला मध्ये यो एउटा दुखद नमुना हो । सामाजिक उत्पिडनबाट मुक्तिको लागि लाखौं दलित समुदायका अनुत्तरित प्रश्न झन टडकारो
हुँदैछन । आज २१औं शताब्दी विज्ञान र प्रविधिको युगमा पनि जसरी मानवले मानवमाथि पशुभन्दा निच ब्यवहार दानवको रुपधारण गरेका छन् । यसले प्राणी मध्यका सर्वश्रेष्ठ मानव जातिको चेतनामा प्रश्न चिह्न खडा भएको छ ।
जनयुद्धको उद्वगम थलो रुकुम पश्चिम जहाँ पाँच सय भन्दा बढी दलित समुदायका मान्छेहरुले परिवर्तनको नाममा जनार्दन शर्मा ( प्रभाकर ) हरुलाई नेता बनाउन वलिदान गरेका थिए । त्यसको उपहार जातीय नरसंहारलाई सदनमा दोहोरो झडपका संज्ञा दिएका छन । अब हेर्नु यो छ कि मानव अधिकार, कानुनी राज्य, समानताका सिद्दान्त र न्यायको प्रत्याभूती के कसरी गरिन्छ ? यस अमानवीय घटनाले लाखौं उत्पीडित समुदायमा मनोबैज्ञानीक, सामाजिक र आत्मसम्मनमा क्षति पुगेको छ । दश वर्षे जनयुद्धको खिल्ली उडेको छ । यसैगरी यो घटना हिजोका सामन्तहरुको संस्कृति र पश्चगामी चेतनाकै कारणले घटेको देखिन्छ । त्यसैले कसले के भन्यो, के भेटायो भनेर खोज्ने, सोध्ने र खोक्रो अनुसन्धान गरेर सहीलाई गलत र गलतलाई सही बनाउने परपञ्च नरचेर सिधै नवराज र सुष्मा बिचको प्रेम सम्बन्धलाई अतिरञ्जित गरेर हत्या सम्मको योजना बनाउने वडा अध्यक्ष लगायत घटनामा संलग्न सबै पात्रहरूलाई कानुनको दायरामा ल्याएर जन्मकैद तथा फांसीको सजाय हुनेगरी घटनालाई राष्ट्रियस्तरको छानबिनको दायारामा ल्याइयोस् र तत्काल पीडित परिवारलाई उचित क्षेतिपुर्ती र न्याय दियियोस् ।
सामाजिक उत्पिडनबाट मुक्तिको लागि लाखौं दलित समुदायका अनुत्तरित प्रश्न झन टडकारो हुँदैछन । आज २१औं शताब्दी विज्ञान र प्रविधिको युगमा पनि जसरी मानवले मानवमाथि पशुभन्दा निच ब्यवहार दानवको रुपधारण गरेका
छन् । यसले प्राणी मध्यका सर्वश्रेष्ठ मानव जातिको चेतनामा प्रश्न चिह्न खडा भएको छ ।
मुख्य गरी पीडितलाई न्याय दिने कि १ घटनालाई राजनीतिक करण गरी दोषीलाई उन्मुक्ति दिने १ भन्ने कुरा शक्ति बहादुर बस्नेत र जनार्दन शर्माको भुमिकामा निर्भर रहन्छ । किनकी, उहाँहरु घटनास्थल रुकुम पश्चिम र जाजरकोटका नेता मात्र नभएर जनयुद्धका कमान्डर ,पुर्व गृहमन्त्री र सत्ताधारी नेकपा का प्रभावशाली नेताहरू हुनुहुन्छ । पुलिस अनुसन्धानका प्रमुख ब्यक्ति उहाँहरु नै भएको ले ६० लाख दलित समुदाय र तमाम न्याय प्रेमी जनसमुदायहरुको उहाँहरु तर्फ ध्यान केन्द्रित भएको छ ।
सामाजिक संजालमा व्यापक रूपमा त्यो घटनामा शाही ठकुरी र बुढा मगरहरुको पनि हत्या भएको छ तर एउटा नवराज बि.क. को मात्र कुरा उठाएर समाजमा द्वन्द्व निम्ताउने हर्कत गरियो, यो गलत छ, भनिएको छ, अवश्य पनि यो गलत नै छ । तर सर्वप्रथम हामीले मानव भएर सकारात्मक रूपमा सोच्ने हो भने मानिसले आफू अनुकूल कामको आधारमा बनाएको जात व्यवस्था नै गलत छ । त्यसमध्ये त्यस भित्रका रुढीबादी परम्पराको त कुरै छोडौं । सबै महामानवहरुले आजैदेखि यसको अन्त्य गरौं ।
रहयो कुरो घटनाको त्यो घटना घटनुको मुख्य कारण के थियो हामीले त्यहाँ ध्यान दिन जरुरी छ । ती सामान्ती संस्कारमा हुर्केका मानिसहरूको चेतनाको विकास भएको भए अन्तरजातीय प्रेम सम्बन्धकै कारण क्रुर हत्या गरिने थिएन । यो त एक्कासी आवेगमा भएको घटना हैन । उनिहरुको प्रेम सम्बन्धका बारेमा केहि महिनादेखि नै स्वयं वडा अध्यक्ष, दुबैका घरपरिवार तथा छरछिमेकीहरु र प्रशासनलाई जानकारी थियो । यसको हल छलफल तथा समाझदारी र कानुनी बाटोबाट हल गर्न सकिने थियो । तर विडम्बना जनताका पहरेदार जनप्रतिनिधि नै गैरजिम्मेवार बनेर निच सोच र बदलाका भाव बोकेपछी यो घटना घटेको छ । त्यस कारण यसले कुनै जाति समुदाय विशेषमा मात्र नभएर सिंगो मानव समाजमा आँच पुगेको छ । यसैले हामीले छातीमा हात राखेर भन्न सक्नुपर्छ सामाजिक तथा सांस्कृतिक रुपान्तरणको मुद्दा जिवित छन् । जबसम्म जात ,धर्म ,वर्ण ,क्षेत्र, लिङ्ग , वर्ग जस्ता आधारमा असमानता र विभेदहरु रहिरहने छ, तबसम्म मानव समाजमा द्वन्द्वका नयाँ–नयाँ विजोरोपण कायम रहने छ । हाम्रो पुरै समाजमा रुपान्तरणको एउटा ’युग चेतना’ ।
जनयुद्धको उद्वगम थलो रुकुम पश्चिम जहाँ पाँच सय भन्दा बढी दलित समुदायका मान्छेहरुले परिवर्तनको नाममा जनार्दन शर्मा ( प्रभाकर ) हरुलाई नेता बनाउन वलिदान गरेका थिए । त्यसको उपहार जातीय नरसंहारलाई सदनमा दोहोरो झडपका संज्ञा दिएका छन । अब हेर्नु यो छ कि मानव अधिकार, कानुनी राज्य, समानताका सिद्दान्त र न्यायको प्रत्याभूती के कसरी गरिन्छ ? यस अमानवीय घटनाले लाखौं उत्पीडित समुदायमा मनोबैज्ञानीक, सामाजिक र आत्मसम्मनमा क्षति पुगेको छ । दश वर्षे जनयुद्धको खिल्ली उडेको छ । यसैगरी यो घटना हिजोका सामन्तहरुको संस्कृति र पश्चगामी चेतनाकै कारणले घटेको देखिन्छ ।
कानुनका किताबमा बिभेद र दण्ड उल्लेख गरिएको भए पनि समानता आउने छैन । समानता कागजमा लेखेर हुँदैन ब्यवहारमा लागू गर्नु पर्दछ । समानता भनेको रुपान्तरणले मात्र ल्याउदछ । त्यसको लागि निर्मम संघर्षको आवश्यकता देखियो । वर्गिय, जातिय , भेगिए र तमाम अन्य विभेदको समाधान समाज हो र समाज बैज्ञानीक नभै विश्वासी र भाग्यवादी भए सम्म व्यबहारमा यस्तो पौराणिकता र अमानवीयता रहने देखिन्छ । भौतिक बिकासको प्रतिस्पर्धा र परनिर्भर उपभोक्तावादी अर्थतन्त्रको दौडमा सामाजिक र मानवीय मुद्दा बिर्सेंर समाजवाद उन्मुख बिकास मोडेल भनिएको छ यस बारे पनि सबैले गम्भिर भएर सोच्नु पर्ने छ । केही थान नेपाली दार्शनिकहरु जो आज सामन्तवाद समुल नष्ट भयो भनेर दावी गर्छन् उनीहरुको लागि यो लगायत घटनाले सोच्न सिकाओस् । विशेषगरी जबसम्म जातीय छुवाछूतको सम्बन्धमा, महिला हिंसाको सम्बन्धमा बलात्कारको सम्बन्धमा र भ्रष्टाचारको सम्बन्धमा यहि खुकुलो कानुन बनाइन्छ त्यसमा पनि पैसा र पहुँच हुनेहरूले कानुनको दुरुपयोग गरिरहनेछन् तबसम्म यस्ता घटनाहरु न्यूनीकरण होइन मौलाउदै जानेछन् । त्यसैले यस्ता घटनाको लागि मृत्यु दण्ड को विकल्प छैन ।
लेखक : बहिर्ग्मित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समित अध्यक्ष हुनुहुन्छ ।