Breaking News

तीन दिनसम्म यीयी जिल्लाका नदी तथा खोल्सामा बाढी आउने सम्भावना

काठमाडौं । देशका केही नदी तथा खोल्सामा आज पनि बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमाम महाशाखाले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र कास्की र भई बहने अधिकांश साना नदीमा आकस्मिक बाढी आनउने सम्भावना रहेको हो ।

यस्तै, इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालीकोट, अछाम र डोटी भई बहने साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने अनुमान
छ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्दो हुने अनुमान छ । जसबाट हुने क्षतिबारे बेलैमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।