कपिलवस्तुमा ७७ जना कोरोना संक्रमित थपिए

१७ जेठ, बुटवल । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज कपिलवस्तुमा ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।