२८ बर्षे युवक मृत्त अवस्थामा फेला

१७ जेठ, दाङ । दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ वर्षीय मन्दिप भुजेलको गएराति हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेलको आज बिहान शव फेला परेको हो ।

मृत अवस्थामा भुजेलको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ ।

यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको छ ।