Breaking News

कोपा अमेरिकामा इक्वेडरको पहिलो जित

१३ असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ मा इक्वेडरले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत लस भेगासको एलेनायन्ट स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३–१ ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो । पहिलो जितपछि इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ ।

इक्वेडरलाई जित दिलाउन रे पाएज र एलान मिन्डाले एक(एक गोल गरे । जमैकाका कासे पाल्मरले एक आत्मघाती गोल उपहार दिएका थिए । मिचेल एन्टोनिओले जमैकाका लागि सान्त्वना गोल गरे । जमैकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जमैका मेक्सिकोसँग पराजित भएको थियो ।