बैद्य निकट अखिल क्रान्तिरकारीद्धारा एमसीसी खारेजी देखि भारतद्धारा अतिक्रमित भुमि फिर्ताको माग गर्दै पर्दशन

१५ जेठ, काठमाडौं । नेकपा क्रन्तिकारी माओवादी निकट विद्यार्थी संगठनद्धारा एम सीसी र लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका राष्ट्रिय मुद्दा बारेमा आज काठमाण्डौंको माईतीघर मण्डलामा विरोध पदर्शन गरिएको छ ।

बैद्य निकट अखिल क्रान्तिकारीले राष्ट्रियताका मुद्दालाई लिएर एमसीसीको खारेजीदेखि भारतद्धारा अतिक्रमित भूभाग फिर्तासम्मका माग राख्दै नाराबाजी गरेका थिए ।

नाराबााजी पछि संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एमसीसी चोर बोटो हुँदै पास गर्न खोजिएको र यदि चोर बाटो हुँदै पास गरिएको खण्डमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै भारतद्धारा अतिक्रमित भूमि फिर्ता गर्न सरकारले संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट हटाएकोले अहिलेको ओली सरकार भारतीय ईसारमा चलेर दलालीकरण गरी नेपाली भूमि फिर्ता नल्याउने र सरकार जोगाउने रणनीतिमा लागेकोले त्यो नगर्न ओली सरकारलाई चेतावनी दिए ।

उनले पत्रकारहरुसँग बोल्दै भने, यो हाम्रो सांकेतिक कार्यक्रम मात्र भएको सरकारले हाम्रो यो सांकेकित कार्यक्रमलाई व्यवास्था गरिए अर्को सशक्त आन्दोलन गर्ने
बताए । साथै कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्न नसक्ने भने राष्ट्रियताको कुरा नगर्न ओली सरकारलाई सचेत बनाए ।

जनताले आफ्नो ज्यानलाई दाउमा राखेर देश बचाई राखेको अवस्थामा ओली सरकारले राष्ट्रघात गर्न खोजेको गजुरेलले बताए ।